भारतीय दुतावासबाट तत्कालिन राजदूतले विदेश मन्त्रालयलाई गलत रिर्पोट दिएको खुलासा
नयाँ दिल्ली : काठमाडौं स्थित भारतीय दुतावासबाट तत्कालिन राजदूत रन्जित रायले भारत सरकारलाई गलत रिर्पोट दिएको खुलासा भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको भारत भ्रमणका बेला भारतीय सरकारी पक्षले यो कुराको खुलासा गरेको हो । नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा संयुक्त वक्तब्य जारी गर्नु भन्दा पहिला बसेको उच्चस्तरिय बैठकमा यो कुरा उठेको थियो ।
श्रोतका अनुसार दुई पक्षिय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल स्थित भारतीय दुतावासको गलत रिर्पोटका कारण भारत सरकारले केहि अप्रिय निर्णयहरु पनि लिएको बताएका थिए । ‘निश्चत रुपमा हामि हाम्रा दुतावासले दिएको रिर्पोटकै अधारमा प्राय सबै निर्णयहरु लिन्छौं तर केहि अनम्याचोड रिर्पोटका कारण हामिले लिएका निर्णयबाट हामि चुकेका पनि छौं’ उनले भनेका थिए ‘तर मलाई लाग्छ अब हामि मात्र कर्मचारी तन्त्रको रिर्पोटमा केन्द्रित रहनु हुदैन । अब हामि राजनीतिक रुपमा पनि परामर्स गर्नु उतिकै जरुरी छ ।’ साथै दुई देशबीच कुनैपनि असम्झदारीका कुरा भए त्यसलाई राजनीतिक रुपमै सामाधान गरिने दुवै प्रधानमन्त्रीले सम्झदारी गरेका छन् ।
यता बिश्लेषकहरुले प्रधानमन्त्री ओलीको भ्रमण पछि दुई देशबीचको धेरै असम्झदारीहरु चिरिएको बताएका छन् । नेपाल भारत सम्बन्धका जानकार एवम् अनुसन्धाता डा. निहार नायकले यो भ्रमणपछि नेपाल भारतको सम्बन्धमा केही न केही सुधार भएको बताए । इन्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका रिसर्चर समेत रहेका नायकले भने
‘त्यो कुरा आउने दिनमा देखिनेछन् । त्यतिबेला संविधान निर्माणको क्रम थियो । त्यसले गर्दा दुई देशबीच केही मिस कम्युनिकेसन भएको थियो ।
उनले भने, ‘संविधान निर्माण भइसकेपछि भारतले त्यसलाई सुधार गर्न अर्थाथ संशोधन गर्न दबाब दिइरहेको थियो । त्यसले गर्दा अलिकति दुई देशको बीचमा मनमुटाव थियो । यस्तो मनमुटावको बीचमा यी विषयहरू छलफल मात्र होइन कि संयुक्त विज्ञप्ति पनि जारी भएको थिएन ।’