Logo
७ कार्तिक २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल रेडक्रसको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा हुँदै

काठमाडौँ : सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वोच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन बुधबार विराटनगरमा आयोजना हुने भएको छ । सो महाधिवेशनले आव २०७३/७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५/७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।

महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत् तथा संकट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तीकरण, संगठन तथा क्षमता विकास, मानवीय सिद्धान्त तथा कूटनीति सम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन् । नेरेसोको सातौँ पञ्चवर्षीय योजनाले सामुदायिक उत्थानशीलताको लागि सबै पक्षको साझेदारी अवधारणालाई अघि बढाउने नीति अवलम्बन गरेको थियो । विशेष गरी विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पका समयमा खोज, उद्धार तथा राहत एवं त्यसपछि पुनःनिर्माणमा कार्यमा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले निजी आवास निर्माण, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य क्षेत्रमा समुदायलाई सहयोग गरिरहेको कार्यक्रमका संयोजक उमेश ढकालले जानकारी दिएका छन् । महाधिवेशनमा ७७ जिल्लाका रेडक्रसका जिल्ला सभापति सहित तीन–तीनजना प्रतिनिधि, केन्द्रीय कार्यसमिति र मनोनीत सभासद् गरी २७५ जनाप्रतिनिधिले भाग लिने छन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्