Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फलदायीः नेता महत

काठमाडौं : नेपाली काँग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताएका छन् ।

आज आयोजना गरेको साक्षात्कारमा उनले नेपालका कुनैपनि प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म असफल नभएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रमण पनि सद्भावपूर्ण भ्रमण भएको र दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण पनि अहिलेसम्म असफल नभएको उल्लेख गर्दै नेता महतले नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि महसुस गरेकाले अब भारत नयाँ दृष्टिकोणबाट नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको छ भने ।

उनले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको टिप्पणी गरे ।

उनले भने, “रेल आउने कुरा राम्रो हो, तर भाषण गरेरमात्रै हुँदैन, यसका लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदान हो कि ऋणमा त्यसको टुंगो लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ ।”

जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै नेता महतले त्यसको कार्यान्वयमा सहजता नरहेको बताए ।उनले हवाई रुट र वाणिज्यसम्बन्धी सन्धि भएको भए नेपालको अर्थ व्यवस्थामा ठोस उपलब्धि हुन सकिन्थ्यो भने ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्