Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हङ्गेरीको पुनः प्रधानमन्त्री भिक्टोर अर्बानकै पार्टीको जित हासिल

बुडापेस्ट : हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धन आवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका हुन् ।

निर्वाचनमा खसेको कुल खसेको मतमा गणना गरिएको ८१ प्रतिशत मत मध्ये ४९।४२ प्रतिशत मत सत्तारुढ गठबन्धनले पाएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । पूर्व प्रजातन्त्रवादी पार्टी जोब्बिक पार्टीले कुल २० प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा एमएसजेडपीपी (सोसोलिष्ट डाइलग) पार्टीले १२।१३ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै ६।६९ प्रतिशत मतका साथ ग्रिन इको एलएमपी र ५।४५ प्रतिशत मत ल्याएर लेफ्ट लिवरल डीके (डेमोक्रयाटिक कोलिसन) पनि संसदमा उपस्थित भएका छन् । पछिल्लो विवरण अनुसार संसदको १९९ सिट मध्ये १३४ सिटमा फिडेज नेतृत्वको गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । यसअघि सन् २०१४ र २०१० को भन्दा बढी मत अहिले आएको छ । सन् २०१४ मा भएको आम निर्वाचनमा सो गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो ।

यसपछि हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने निश्चित जस्तै भएको छ । प्रधानमन्त्री ओर्बान सन् २०१० देखि शक्तिमा आएकोमा अब तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको हो ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्