Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता माधवकुमार नेपाल चार दिनका लागि चीन प्रस्थान

काठमाडौँ : नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सांघाई को अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ जाएका छन् ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव विष्णु रिजालका अनुसार नेता नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनिछन् । उनहरु चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्