लुगामा आइरन लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
मुटु शिविर
यसैगरी सगरमाथा महेश्वरी युवा मञ्च तथा राजविराज नगरपालिका वडा नं ७ को आयोजनामा शनिबार यहाँ एकदिने निःशुल्क मुटु शिविरको आयोजना गरिएको छ ।
नोबेल अस्पतालका मुटु रोग विशेषज्ञ डा राजेश नेपालको नेतृत्वको टोलीले राजविराजमा निःशुल्क उपचार गरेको बताइएको छ ।
उक्त शिविरमा राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न ठाउँका ९७ जनाले मुटु जाँच तथा इसिजी गराएको सगरमाथा महेश्वरी युवा मञ्चका महासचिव होमेश कावराले जानकारी दिए ।