Logo
३० चैत्र २०८१, आईतबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनामा १४ हकी खेलाडीको मृत्यु

क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शुक्रबार राती हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तब्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ । (रासस)

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्