शनिवारको दिन गर्नुस् यी कार्य, तपार्इको जीवनमा दुखको कुनै ठाउँ रहदैन..
तपाई जुनसुकै शनिवारबाट शनि ब्रत सुरु गर्न सक्नुहुन्छ। तपार्इको त्यो दिन शनिको पुजा र आराधनामा बित्नुपर्छ। यो दिन सुर्य उदाउनु भन्दा पहिले उठेर नुहाएर शनि देवको मन्दिरमा गएर बिधि पुर्बक पुजा र आराधना गर्नुपर्छ। शनिवारको दिन शनि देबको मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्छ।
शनिको कृपाको लागि शनिवारको दिन यी कामहरु गर्नुस्:
१. शनिदेको नाममा सर्स्युको तेलको दियो बाल्नुस !
२. पुजा सकिएपछि शनिदेबसंग आफुले जानेर या नजानेर गरेको पापको क्षमा माग्नुस !
३. शनिदेबको पुजा पश्चात राहु र केतुको पनि पुजा गर्नुपर्छ !
४. शनिवारको दिन शनिदेबलाई समर्पित ब्रत गर्नुस् !
५. त्यो दिन पिपलको रुखमा जल छर्केर धागो बाँधेर सात चोटी परिक्रमा गर्नुस् !
६. हुनसक्छ भने यो दिन कालो कपडा नै लगाउनुस किनकि कालो रङ्गले शनि देबलाई प्रसन्न गर्छ !
७. कालो कुकुर र कागलाई रोटी र लालमोन खुवाउनुस यस्तो गर्नु फलदायी हुन्छ !
८. गरिबहरुलाई दान गर्नुपनि शनि कृपाको एउटा बाटो हो, त्यसैले शनिवार राम्रोसँग दान गर्नुस् !!
९. तपाई पनि कुनै शनि देबको मन्दिरमा गएर कालो तिल, सर्स्युको तेल, निलो लजावन्तिको फुल चढाउनुस !
यस प्रकारले भक्ति र श्रद्धापूर्बक शनिवारको दिन शनिदेबको पुजा गर्नाले शनिदेबको कृपा सदैब रहने छ। साथमा राहु र केतुको पनि दशा सुध्रिन्छ। यदि शनि तपाइको साथी बन्यो भने दुखको तपाइको जीवनमा कुनै ठाउँ रहदैन।