ओली-मोदी भेटवार्ता : नेपालको समृद्धिमा भारतले जस्तोसुकै सहयोग गर्छ
भेटमा मोदीले बुढीगण्डकी जलविद्युत परियोजना चीनीयाँ कम्पनी गेजुवालाई नदिनको लागि विशेष आग्रह गरेको स्रोतको दाबी । मोदीले उक्त परियोजना बनाउनको लागि भारत आँफै अघि बढ्ने विश्वास दिलाए ।
त्यस्तै मोदीले नेपालमा व्याप्त रहेको भारतविरोधी भावना हटाउनको लागि पनि नेपाल र भारत सरकार दुवैले पहल गर्नुपर्ने बताएका थिए ।
नेपालको संविधान संशोधनप्रति भारतको कुनै विरोध नरहेको मोदीले ओलीसामू विश्वास दिलाएका थिए । ओलीसँगको भेटवार्तामा उनले भनेका थिए,”नेपालको संविधानको म स्वागत गर्छु, अब हामीले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउनुपर्छ, सिमादेखि सबैखाले समस्या हल गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले आगामी दिनमा मिलेर जानेर विश्वास दिलाए । भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको ओलीको विश्वास छ ।