अरुले बनाएको आयोजनाको बिजुली भारतले नकिन्ने, ओली र मोदीबीच आजै भेट हुंदै
नयाँ दिल्ली : भारत सरकारले नेपाल यदि चीनसँग कुनै प्रकारको सहयोगको अपेक्षा गर्छ वा लिन्छ भने भारतलाई केही आपत्ति नहुने आशय प्रकट गरेको छ । यो नेपालको आन्तरकि मामला भएको भारतीय पक्षले बताएका छन् ।
भारतको तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत सरकारले चीनसँगको सम्बन्धसँग् समस्या नभएको बताएको हो ।
तर, भारतले नेपालमा आफ्नो देश वा देशका कम्पनीले निर्माण गरेका विदूत आयोजनाको मात्र विद्युत खरीद गर्ने बताएको छ । चीन या अन्य देशले निर्माण गरेका आयोजनाबाट भारतले बिद्युत खरीद नगर्ने त्यहाँको सरकारले बताएको त्यहाँको एक सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
भारतले नेपालमा अन्य कम्पनीले बनाएका आयोजनाबाट विद्युत खरीद नगर्ने सम्बन्धमा त्यहाँको सदनबाट कानूनसमेत पास गरेको छ ।
ओली र मोदीबीच शुक्रवार साँझ भेट
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शनिवार भेट्ने कार्यक्रम भएपनि शुक्रवारै साँझ ७ बजे ओली र मोदीबीच एकान्त वार्ता हुने भएको छ ।