Logo
७ कार्तिक २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत, १०२ करोडको बजेट आउने

बुटवल : प्रदेश नं ५ को मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४\७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।

यस्तै, शुक्रवारको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो ।

मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि रु एक अर्ब दुई करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउनेसमेत जानकारी गराए । रासस

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्