भारतीय उद्योगी व्यवसायीलाई प्रधानमन्त्री ओलीले भने -“नेपालमा लगानी गर्नुस् सुरक्षा हामी दिन्छौं”
नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
“अहिले नेपालमा राजनीतिक स्थायीत्व भएको छ । सुरक्षा-कानूनी ब्यवस्थापन निकै चुस्त दुरुस्त छ”, भारतीय उद्योग बाणिज्य महासङ्घ (फिक्की)ले आयोजना गरेको कार्यक्रममा ओलीले भने “नेपाललाई हामीले विकसित मूलुक बनाउन चाहेका छौं र यसमा भारतको साथ हुन जरुरी छ । भारतको लगानी हुन जरुरी छ ।”
विश्वको २ बिशाल मूलुकहरु भारत र चाइनाको बिचमा हामी छौं” उनले भने तसर्थ यसको फाइदा नेपालले पाउनै पर्छ ।
कार्यक्रममा भारतीय ठूला ब्यापारिक घरनाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।