Logo
७ कार्तिक २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको स्वागतमा भारतीय गृहमन्त्री सिंह पुगे विमानस्थल

दिल्ली: ५४ सदस्यको प्रतिनिधी मण्डलको नेतृत्व गर्दै भारतको तीन दिवसीय राजकीय भ्रमणमाक्रममा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य आज बिहान १०.४५ दिल्ली पुगेका छन् । ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । ओलीको स्वागतका लागि भारतीय वित्तिय राज्य मन्त्री शिवप्रताप शुक्ल र नेपाली दूतावासका तर्फबाट कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरेको छ ।

भारतमा स्थित धौलाकुँवा ताज प्यालेसमा भारतीय व्यवसायी समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम प्रधानमन्त्री ओलीको रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीलाई भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवनमा आजै भेटने पनि कार्यक्रम रहेको छ । त्यसैगरी भारतीय जनता पार्टीको नेताहरुले ओलीसँग अनौपचारिक भेटघाट गर्नेछन् । त्यसैगरी साँझ नेपाली दूतावासको प्राँगनमा प्रवासी नेपालीहरुलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै साँझ नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा दि इम्पेरियल होटलमा रात्रीभोजको आयोजना गरेको छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्