मर्मतका लागि पुगेका विद्युत प्राधिकरणका कर्मचारी करेन्ट लागेर गम्भीर घाईते
धनुषा : धनुषामा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी गम्भीर घाईते भएका छन् । जनकपुर उपमहानगर वडा नम्बर ८ बजरंग चोकमा ११ हजार भोल्टको विद्युतीय तार चुडिएपछि मर्मतका लागि पुगेका कर्मचारी महेन्द्र राउतलाई करेन्ट लागेको हो ।
राउतको दाहिने हाथ पूर्ण रुपले जलेको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि राउतलाई काठमाडौँ रेफर गरिएको छ ।