Logo
७ कार्तिक २०८१, बुधबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीको ठाडो आदेशमा अर्थमातहतका अधिकारीको व्यापक सरुवा

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडा आदेशमा राजस्व मातहतका अधिकारीहरुको सरुवा गरिएको छ । राजस्व प्रशासनमा सुधारका लागि भन्दै अर्थमन्त्रीले अर्थमन्त्रालय र मातहतका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन् ।

खतिवडाले आन्तरिक राजस्व विभाग अन्तर्गत रहेको ठूला करदाता कार्यालयका प्रमुख गंगाराम गेलाल र भन्सार विभागका महानिर्देशक जगदिश रेग्मीलाई सामान्य प्रशासन मन्त्रालयमा सारेका छन् । उनीहरु अर्थ प्रशासनमा बाहिरिएका छन् ।

अर्थ स्रोतका अनुसार सहसचिव तोयम राय र धनीराम पौडेललाई अर्थमा ल्याइएको छ ।राय महिला मन्त्रालयमा थिए भने पौडेल काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत थिए । उनीहरुलाई यही विभागमा ल्याउने गरि अर्थ भित्राएको स्रोतले बतायो ।

राजस्व प्रशासनमा देखिएको विकृती हटाउन अहिलेका विभाग प्रमुखहरुले नसक्ने निष्कर्ष निकाल्दै खतिवडाले कर्मचारी हेरफेर गर्न थालेको स्रोतले बतायो । आन्तरिक राजस्व विभागमा भने चलाएका छैनन्।विभागमा किशोरजंग कार्की महानिर्देशक छन् ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्