एमाले-माकेले पार्टी एकताका लागि आ-आफ्ना संगठन परिचालन गर्ने
काठमाडौँ : एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि आ–आफ्ना संगठन परिचालन गर्ने भएका छन् । पार्टी एकता संयोजन समितिको बिहीबार बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि आ–आफ्ना भ्रातृ तथा शुभेच्छुक संगठन परिचालन गर्ने निर्णय गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए।
बैठकमा दुई दिनअघि बुझाएका प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको छ । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले राजनीतिक प्रतिवेदन र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले विधान मस्यौदा प्रतिवेदन बुझाएको थियो ।