Logo
४ आश्विन २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिए

काठमाडौं : काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिएको छ। बीच सडकमा खुलेआम हिडिरहेका चौपायाले सवारी आवागमनमा समस्या श्रृजना गरेको गुनासो आएपछि महानगरले विहीबार नियन्त्रणमा लिएको हो।

महानगरले सडकमा त्यतिकै छाडिएका गाई, गोरु, बाच्छा, लगायतलाई नियन्त्रणमा लिएको हो । २९ वटा छाडा गाई तथा गोरु नियन्त्रणमा लिइएको छ।

महानगरका अनुसार नियन्त्रणमा लिइएका उक्त चौपायाहरूको विहीबार दिउँसो साढे २ बजे लिलामी गरिनेछ । गत आर्थिक वर्षमा महानगरले २८० चौपाया नियन्त्रणमा लिएको थियो भने १०४,६०० रुपैयाँमा लिलामी गरेका थियो ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्