Logo
७ कार्तिक २०८१, बुधबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रजिल :भ्रष्टाचारको अभियोगमा पूर्व राष्ट्रपति लुइज्लाई १२ बर्ष कैद

ब्रजिल: ब्रजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज् इनासियो लुला दा सिल्भाले लाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजायको फैसला सुनाएको छ। घण्टौंसम्म चलेको कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए। लुलाले चाहिँ आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनु पर्ने दलिल पेस गरेका थिए।

तर अदालतको पछिल्लो फैसला आगामी अक्टोबर महिनामा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्रजिलका वामपन्थी नेतालाई ठूलो धक्का दिएको छ। यस मुद्दाले ब्रजिलको राजनीति तातेको छ। ७२ वर्षीय लुलाको दाबी छ उनीविरुद्धको मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित छ र त्यो उनलाई चुनावमा भाग लिन नदिनका लागि ल्याइएको हो। लुलाको वर्कर्स पार्टीले उनीविरुद्धको अदालती निर्णय प्रजातन्त्र र ब्रजिलको लागि दुस्खदू भएको बताएको छ .

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्