एकता प्रकृयाको विवाद टुङ्गगीयो,पार्टी एकता बैशाख ९ मा हुने सहमति
कम्युनिस्ट पार्टीको ६९ औं स्थापनाको अवसर पारेर पार्टी एकता गर्ने सहमति नेकपा एमाले र माओवादी केन्द्र बिच भएको छ भने विवादीत अन्य बिषयहरुमाथि प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल हुने भएको छ । एकता संयोजन समितिको बिहीबार बसेको बैठकले बैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेको छ ।
यसअघि, एकीकृत पार्टीको अन्तरिम विधान तथा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई कार्यदलले पनि मंगलबार आफ्नो प्रतिवेदन बुझाउँदै वैशाख ९ गते को दिन पार्टी एकताको मिति प्रस्ताव गरेका थिए । एमाले–माओवादीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकताको औपचारिक मिति घोषणा र एकता तयारी समिति बनाउने तयारी गरेका छन् ।
संयोजन समिति बैठक बस्नु अघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा यस बिषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओली शुक्रबार तीनदिने राजकीय भ्रमणमा भारत जाँदैछन् । त्यस अगाडि नै एकता घोषणा र घोषणासँग सम्बन्धित कार्यक्रम बनाएर जाने योजनामा प्रधानमन्त्री ओली रहेको छ ।