Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता सलमान खानलाई जेल सजाय

बलिउड अभिनेता सलमान खानलाई मुम्बईको एक अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । रक्सीले मातेर गाडी चलाएको र सडकमा सुतेकालागि किचेर भागेको आरोपमा दोषि ठहर गर्दै अदालतले उनलाई ५ वर्ष जेल सजाय तोकेको हो ।

घटना भएका बेला सलमानले गाडी चलाएको र उनीमाथि लागेका सबै आरोप प्रमाणित भएको अदालतले जनाएको छ । सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति सडकमा सुतिरहेका व्यक्तिमाथिबाट गाडी चलाएको आरोप लागेको थियो ।

सलमानले चलएको गाडीले च्यापिएर एक जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए । तर सलमान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका थिए । सलमानले घटना भएका बेला आफूले गाडी नचालको र आफू नशामा पनि नरहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्