Logo
२८ पुस २०८१, आईतबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : नेता खनाल

काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताएका छन् ।

नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघले संयुक्तरुपमा बुधवार राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले एकीकरणका लागि आवश्यक गृहकार्य करीव पूरा भइसकेकाले बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले महत्वपूर्ण निर्णय लिनसक्ने बताए।

सो प्रक्रियाले सबै नेतालाई न्यायोचित ढंगले जिम्मेवारी प्रदान गर्ने बताउँदै त्यसपछि खेलकुद क्षेत्र पनि व्यावसायिकरुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गरे । एमाले युवा तथा खेलकुद मोर्चा इन्चार्ज तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले खेलकुदको क्षेत्रबाट मुलुकको पहिचान र समृद्धि कायम हुने बताउँदै त्यसका लागि युवालाई परिचालन गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले खेलकुदको विकासका लागि स्थानीय तहदेखि नै केन्द्रसम्म युवालाई आकर्षित गराउनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कस्तो खेलका लागि कति जनशक्ति उत्पादन गर्ने भन्नेबारे छलफल गरी सातै प्रदेशमा संरचना तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री विष्ट तथा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्