संगीत रोयल्टी नतिर्ने र उल्टै विज्ञापनको पैसा माग्ने यातायात व्यवसायीको निर्णय
काठमाडौँः यातायात व्यवसायीले गीत बजाए वापत् रोयल्टी नतिर्ने निर्णय गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको बुधबार बसेको बैठकले सार्वजनिक सवारीमा गीत संगीत बजाउँदा रोयल्टी तिर्नुपर्ने सरकारको निर्णय नमान्ने जनाएका हुन् ।
‘सार्वजनिक सवारीमा गीत संगीत बजाउँदा उनीहरुको विज्ञापन हुन्छ’, महासंघका महासचिव सरोज सिटौलाले भने, ‘विज्ञापन बापतको शुल्कचाहिँ हामीलाई दिनुपर्ने निर्णय गरेका छौँ ।’
सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० लाई संशोधन गर्दै सार्वनिक सवारीकारुपमा प्रयोग भइरहेका गाडीमा नेपालका गीत बजाउँदा रोयल्टी चुक्ता गरेको प्रमाणपत्र पेश गरेपछि मात्रै सवारी रुट इजाजत नवीकरण हुने व्यवस्था आइतवार गरेको थियो ।