Logo
४ आश्विन २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐन विपरित क्रियाकलाप गरेको भन्दै संचालक विरुद्ध स्तुपा अस्पताल १० दिनदेखी बन्द

काठमाडौं : स्वतन्त्र कर्मचारी युनियनको आन्दोलनको कारण काठमाडौंमा रहेको स्तुपा सामुदायिक अस्पतालका आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरु बन्द भएका छन् । लामो उर्जाशिल समय स्तुपा अस्पताल र कलेजमा बिताएको कर्मचारी हटाउने नियतकासाथ तमशुकमा सही गराएको, श्रम ऐन विपरितका क्रियाकलाप गरेको र सेवा सुबिधा काटेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

बिगतका दिनमा ज्ञापनपत्र बुझाएको र बारम्बार वार्तामा बसेपनी निस्कर्ष ननिस्केको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।स्तुपा स्वास्थ सहकारीका अध्यक्ष लगाएत बोर्डका सदश्य सकारात्मक रहेतापनी उपाध्यक्ष डा बिदुर चालिसे र महासचिव गम्भीरलाल श्रेस्ठका स्वार्थका कारण संस्था बन्धक बनेको र अस्पताल बन्द गर्नुपरेको कर्मचारीको तर्क छ ।

स्तुपा सामुदायिक अस्पताल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष दुर्गा गौतमले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तर राख्ने आशाका किरण मिडियालाई बताए । बन्दका कारण स्तुपा कलेजका पठन पाठन समेत ठप्प छ ।स्तुपा स्वास्थ सहकारी आन्दोलनलाई एमाले र माओवादी केन्द्रले ऐक्यबद्धता जनाएका छन् ।

हिजो भएको छलफलमा एमाले काठमाडौं ३ का उपाध्यक्ष पुण्यप्रसाद चौलागाईं, युवा संघ नेपाल काठमाडौंका प्रबक्ता सुदर्शन बजगाई,माओवादी केन्द्र काठमाडौंका क्षेत्रीय सांयोजक छिरिङ लामा,माओवादी केन्द्र गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष टि आर नेपाल लगाएतले स्तुपा अस्पताल पुगेर कर्मचारीको जायज माग पूरा गराउन आफू र आफ्नो संगठन लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । भेलामा माओवादी केन्द्र निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संघ काठमाडौं जिल्लाकी अध्यक्ष भुमी गौतमको पनि साथ रहेको थियो ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्