Logo
७ कार्तिक २०८१, बुधबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त क्षेत्र घोषणा

रौतहट : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले माधव नारायण नगरपालिकामा शौचालय निर्माण भई प्रयोगमा रहेकोले खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरेका हुन । माधवनारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको छ ।

नगरस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति द्वारा आयोजित दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा समारोहमा सम्वोधन गर्दै मन्त्री यादवले प्रदेश २ को समृद्ध प्रदेश बनाउनका लागि शिक्षा ,स्वास्थ्य ,यातायात ,कृषि र ऊर्जाको विकास आवशयक रहेको बताएका छन । विकसित मुलुक यी पांच क्षेत्रको विकास गरेको पाइएकोले प्रदेश सरकारले पनि यसै क्षेत्रलाइ प्राथमिकतामा लिएर अघि बढ़ने जानकारी गराएका छन । उनले भने शिक्षा ,स्वास्थ्य ,यातायात ,ऊर्जा ,कृषिको विकास हुदैन भने प्रदेशको समृद्धि पनि हुन सकिदैन ।

रौतहटका जनताको भूमिका मुलुकमा भएका सवै आन्दोलनमा सम्मान जनक रहेको बताउँदै मन्त्री यादवले सामाजिक विकासको आन्दोलनमा पनि उच्तम सहभागिता हुने विश्वास व्यक्त गरे । प्रजातन्त्र , माओवादीको जनयुद्ध देखि लिएर अधिकारको संघर्ष मधेश आन्दोलनमा रौतहट अग्रणी भूमिकामा रहेको उहाको कथन रहेको थियो । प्रदेश सरकारले आर्थिक अवस्था बलियो बनाउनको लागि कृषि मा आधारित प्रदेशमा उत्पादकत्व बढाउने योजना लागु गर्ने निति लिएको बताए । केन्द्र सरकारले बजेट विनियोजनमा विभेद गरिरहेको आरोप लगाउदै बजेट समावेशिताको सिद्धान्त अनुसार दिनु पर्ने जोड़ दिए । २ नंबर प्रदेशले ७७ प्रतिशत कर दिने गरेको र केन्द्र ले ११ दशमलव ११ प्रतिशत बजेट दिने गरेकोले विभेद भैरहेको हुँदा समावेशिताको आधारमा वजेट नदीए कर रोकिने समेत चेतावनी दिए ।

खुल्ला दिशा मुक्त अभियानको सफल बनाउन माधव नारायण नगरपालिकाको अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिदै प्रत्येक वार्ड मा १ सार्वजानिक शौचालय निर्माण गराउन सवै स्थानीय सरकार प्रमुखलाइ निर्देशन दिएका छन । घर घरमा शौचालय निर्माण गर्नु खुल्ला दिशा मुक्त अभियानको शुरुआती चरण रहेकोले सार्वजानिक बाटो ,ठाउमा सार्वजानिक शौचालय नबनाइए अभियान पूर्ण रुपमा सफल भएको न मानिने मन्त्री यादवको भनाइ रहेको छ । कार्यक्रममा सम्वोधन गर्दै कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले जिल्लाको दोस्रो खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गराउने कार्यमा योगदान दिने सम्पूर्ण नगरवासीलाइ धन्यबाद दिदै अव सुन्दर स्वच्छ नगरपालिका समृद्ध नगरपालिका बनाउने अभियानमा जुटन आग्रह गरेका छन ।

अधिकारको लड़ाईको जस्तो सरसफाईको अभियान भएकोले जिल्लाको नाउ रौशन गर्ने कार्यमा सवै रौतहटबासीलाइ अघि बढ्नु पर्ने धरना राखे । राज्य मन्त्री यादवले कृषिको विकासमा तथा उत्पादन बढाउने कार्यको लागि कृषि योजना ल्याउने सरकारको निति रहेको जानकारी गराउँदै किसानको कृषि उत्पादनको समरक्षण कार्य सहितको फसल विमा गर्ने बताए । निर्वाचन क्षेत्र नम्बर २ ख को प्रदेश सभा सदस्य रामकिशोर यादवले सवै ले शौचालय प्रयोग गर्ने बानीको विकास गर्नु पर्ने जोड़ दिदै स्वास्थ्य संग सरोकार राख्ने विषय सरसफाई भएकोले यस अभियानको सफलता जिल्लाको सफलता भएको टिपण्णी गरे ।

जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख अनिल केसरीले ९२ प्रतिशत शौचालय निर्माणको कार्य संम्पन भइसकेकोले एक चोटी धक्का दिएमा छिटै रौतहट खुल्ला दिशामुक्त जिल्ला हुन सकने बताए । उनले अहिले रौतहटमा शौचालय निर्माण संग सँगै शुद्ध पिउने पानीको लागि ओभर हेड टंकीको निर्माण तीव्र रुपमा भई रहेको हुँदा जिल्लाको स्तर माथि आउने विश्वास व्यक्त गरे । ९ वटा वार्ड रहेको सो नगरपालिकामा अभियान नेपाल गैर सरकारी सस्थाले शौचालय निर्माणको सहजीकरण गरेको थियो भने युएन हैविटेटले थप ऊर्जा प्रदान गरिने कार्य गरेकाले नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा हुन सफल भएको नगरका प्रवक्ता एवं वड़ा नम्बर ६ का वड़ा अध्यक्ष राजीव यादवले बताएका छन ।

समारोहमा संघीय समाजवादी फोरम नेपालका केंद्रीय सदस्य रामेश्वर प्रसाद यादव , प्रदेश सदस्य बृज किशोर यादव , गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादव , जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादव , उपप्रमुख राम बशिष्ठ राय यादव , माधव नारायण नगरपालिकाका उप प्रमुख सिमल कुमारी साह लगायत विभिन्न वड़ाका वड़ा अध्यक्ष ,वड़ा सदस्य ,कार्यपालिकाका सदस्य प्रमुख प्रसाशकीय अधिकृत प्रलव कायस्थ सहित विभिन्न संचार माध्यमबाट,आवद्ध संचारकर्मीहरुको उपस्थति रहेका थिए ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्