Logo
७ कार्तिक २०८१, बुधबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोलिभियामा ६.८ म्याग्निच्युडको भूकम्प

बोलिभियामा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएस ले जानकारी दिएको छ ।

यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल साल्भाडोरमा पनि परेको बताइएको छ । बोलिभिया शहरबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको यो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १०ः४० मा गएको बताइएको छ ।

दक्षिण अमेरिकी यस देशमा आएको शक्तिशाली भूकम्पपछि मानवीय र सम्पत्तिको क्षति भएको समाचार हालसम्म प्राप्त नभएको बोलिभियाको भूकम्पमा विभागले जानकारी दिएको छ ।

तर भूकम्प शक्तिशाली भएकोले क्षतिको ठूलो सम्भावना रहेको र यसको खोजी जारी रहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।ब्राजिलमा पनि यो भूकम्पको ठूलो धक्का महसुश गरिएको अधिकारीहरुको भनाइ छ ।

विशेषगरी साओ पाउलो र ब्रासिलियाजस्ता राज्यको आवासीय र कार्यालय भवनहरुमा भूकम्पको महसुश गरिएको बाताइको छ ।
रासस

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्