Logo
६ कार्तिक २०८१, मंगलबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक गणनाको लागि जाइकाद्धारा नौ करोडको सामग्री सहयोग

काठमाडौँ : ‘आर्थिक गणना २०७५’ का लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु नौ करोड ५१ लाख बराबरको सामग्री प्रदान गरेको छ । केन्द्रीय तथ्यांक विभाग र जाइकाबीच प्राविधिक सहायता सहयोग कार्यक्रमअन्तर्गत आज सो सामग्री प्रदान गरिएको हो ।

जाइकाले ट्याब्लेट, ल्यापटप, डेक्सटप कम्प्युटर, प्रोजेक्टर, मनिटर, मोबाइल फोन, झोला, टोपी, कलमलगायत सामग्री उपलब्ध गराएको छ । आर्थिक गणना २०७५ को कार्यान्वयनका निम्ति क्षमता अभिवृद्धि परियोजना सञ्चालनसम्बन्धी सम्झौतापत्रमा गत फागुनमा नै हस्ताक्षर भएको जाइकाले आज प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय आर्थिक गणना २०७५ नेपालमा पहिलो पटक हुन लागेको हो । सो गणनामा नेपालको हरेक आर्थिक क्षेत्रलाई समेटिने छ । आगामी वैशाख १ गतेदेखि ३१ गतेसम्म गणना हुने कार्यक्रम छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्