Logo
६ कार्तिक २०८१, मंगलबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा दलित संगठनको प्रदर्शन हिंसात्मक बन्दै : ६ को मृत्यु दर्जनौँ घाइते

एससी–एसटी एक्टप्रति सर्वोच्च अदालतको फैसलाको विरोधमा सोमबार विभिन्न दलित संगठनले भारत बन्दको आह्वान गरेका छन् । भारत बन्दलाई विभिन्न राजनीतिक दलले पनि समर्थन गरेका छन् ।

दलित संगठनले अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम १९८९ मा भएको संशोधनलाई फिर्ता लिएर पहिलेकै अवस्थामा फर्काउन माग गरेका छन् । दलित संगठनले गरेको प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ ।

प्रदर्शनले पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, झारखण्डलगायतका राज्य बढी प्रभावित भएका छन् । प्रहरीसँगको झडपमा उत्तर प्रदेशमा एक जना तथा मध्य प्रदेशमा ६ जनाको ज्यान गएको छ त्यसमा एउटा नाबालक पनि रहेका छन् ।

कैयौँ स्थानमा भएको झडपमा दर्जनौँ प्रदर्शनकारी तथा सुरक्षाकर्मी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सर्वोच्च अदालतको फैसलामा केन्द्रीय सरकारले पुनर्विचारका लागि आवेदनपत्र दर्ता गरिसकेको छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्