Logo
११ मंसिर २०८१, मंगलबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्डिकेटको नममा सडक कब्जा : मयूरका बस फुटाइए, यात्रु अलपत्र

बनेपा : सिन्डिकेटको नममा सडक कब्जा गर्ने कार्य राज्य भने निरिह बन्दैछ । समय यातायात व्यवसायीबीच सिन्डिकेटको नाममा भएको टकरावले सर्वसाधारण यात्रु समस्यामा परेका छन् । राजधानीको चक्रपथ हुँदै बनेपासम्म सञ्चालित मयूर यातायातलाई रोक्न कोटेश्वरपूर्वका यातायात व्यवसायी आन्दोलित भएपछि काभ्रेका सबै ग्रामीण रुटमा जाने बस ठप्प छन् ।

काठमाडौँ बनेपा रुटमा चलेको भएको मयूर यातायातको बाटो इजाजत पत्र ९ रुट परमिट खारेज नगरेसम्म ग्रामीण भेगमा गाडी सञ्चालन नगर्ने बताउँदै आन्दोलनमा उत्रिएपछि यात्रु अलपत्र परेका हुन् । आइतबारदेखि जिल्लाको ग्रामीण क्षेत्रका कुशादेवी–रयाले, बाँसडोल, रविओपी, नाला घिमिरेगाउ, कामीडाँडा, ढुंखर्क, च्याम्राङबेसी, शंखुपाटीचौर, कोशीपारी, डाडापारी र तेमाल क्षेत्रका दर्जनौं गन्तव्यमा बस नजाँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।

‘व्यवसायीको दादागिरी र टकरावले हामी समस्यामा परेका छौँ,’ बेथानचोक गाउँपालिका–७ का मिलन लामा भन्छन्, ‘नाफा–घाटा सिन्डिकेट सबै व्यवसायीको हित र चलखेल हो, हामी यात्रु पैसा तिरेर सेवा लिन्छु भन्दा पनि पाइँदैन, कस्तो राज्य हो यो ?’ उनले पनौती आउँदा गाउँबाट ११ घण्टा हिँड्नुपरेको दुखेसो पोखे । ‘घरबाट पनौती बसपार्कसम्म आइपुग्न ११ घण्टा पैदल हिँड्नु प¥यो’, उनले भने । महासंघले आइतबारदेखि ग्रामीण भेगका सबै यातायात रोकेको छ ।

सोमबार बिहान ९ बजेदेखि १० बजेसम्म महासंघमा आबद्ध गाडीहरु १ घण्टा बाटोमै चक्काजाम गरी विरोध गरेका छन् । सरकारले आफ्नो माग पूरा नगरे चैत २० गतेदेखि आफ्ना सबै यातायात बन्द गराउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिँदै आएको छ । माहासंघले सरकारलाई मयूर यातायातको रुट परमिट खारेज गर्न ज्ञापनपत्र बुझाएको छ । तर यातायात व्यवस्थापना विभागले पनि कानुनी प्रक्रिया पूरा गरेर सार्वजनिक सवारी सञ्चालनमा संलग्न मयूर यातायातलाई अवरोध गरे सवारी तथा यातायात व्यवस्था ऐनबमोजिम कारबाही गरिने सार्वजनिक सूचना समेत जारी गरेको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ ले स्थायी रुपमा बाटो तथा भाडादर कायम नभएका नयाँ बाटोमा जिल्ला यातायात व्यवस्थापन समितिको सिफारिसमा यातायात व्यवस्था कार्यालयहरुबाट अस्थायी बाटो इजाजतपत्र दिन सकिनेछ भन्ने व्यवस्था थियो । त्यही अनरुप जिल्लामा ५१ वटा ग्रामीण रुट कायम गरिएको छ । ग्रामीण भेगमा आईतबार देखि सवारीसवाधन बन्द भएसँगै प्रमुख जिल्ला अधिकारी एवम जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिंखडाले सार्वजनिक सेवा बन्द गर्नेलाई कारबाही गर्ने बताए ।

मयूर यातायात समितिका सचिव रामबहादुर केसीले भने सुरक्षा पाए ग्रामीण भेगसम्म सुलभ सेवा लाने तयारी रहेको बताए । ‘प्रतिस्पधामा हाम्रो समितिले थप सय वटा सवारी चलाउने योजनामा छौँ’, केसीले थपे ‘ग्रामीण भेगलाई पनि मध्यनजर राख्दै योजना अगाडि बढाएका छौँ ।’ तर आफूहरुलाई सुरक्षा चाहिने उनले बताए । ‘तर सुरक्षा चुनौती र दादागिरी कायमै छ विभिन्न बहानामा हाम्रा १० वटा गाडी तोडफोड भए’, उनले भने, ‘नयाँ, ठूला र सुविधासम्पन्न बस भित्राएका छौँ ।’

केसीले तत्काल २४ वटा युरो स्टान्डर्डका बस सञ्चालनमा ल्याएको बताउँदै एक सय बस संख्या पु¥याउने लक्ष्य रहेको जानकारी दिए । बसमा ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क, अशक्त अपाङ्ग र गर्भवती, महिलाहरुलाई निःशुल्क यात्रा गराइनेछ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्