खुमबहादुर खड्काको निधनमा सदनबाट विशेष शोक प्रस्ताव पारित
काठमाडौं : कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा दुवै संसदले विशेष शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको प्रतिनिधि सभा र प्रदेश सभाको बैठकले शोक प्रस्ताव पारित गरेको संसद सचिवालयले जानकारी गराएको हो ।
यसका साथै संसद बैठक मंगलबार १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको जनाइएको छ ।
नेता खड्का २०४८, ५१ र ५६ सालका प्रतिनिधि सभाका सांसद् थिए ।