Logo
१२ मंसिर २०८१, बुधबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेणु दाहालले धुर्मुस–सुन्तली फाउन्डेसलाई क्रिकेट मैदानको लागि जग्गा दिने

चितवन : भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

“भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, रेणु दाहालले आज यहाँ पत्रकारहरुसँग भनिन्, क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ ।” धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन् ।

उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन् । चितवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए । त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो ।

अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ । यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ ।
(रासस)

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्