खिलनाथ बस्नेत रिक्सा तथा ठेला श्रमिक संघको अध्यक्षमा चयन
काठमाडौं । नेपाल रिक्सा तथा ठेला श्रमिक संघको केन्द्रिय महाधिवेशन राजधानी सम्पन्न भएको छ । महाधिवेशनले खिलनाथ बस्नेतको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको सहअध्यक्षमा मणिकुमार खड्का, वरिष्ठ उपाध्यक्षमा नविन श्रेष्ठ, महिला उपाध्यक्षमा रेशा मानन्धर, महासचिवमा शन्तमान विश्वकर्मा, उपमहासचिवमा भक्तबहादुर कार्की, कोषध्यक्षमा शोभा भण्डारीलाई निर्विरोध चयन गरेको छ । त्यस्तै, वरिष्ठ सदस्यमा निवर्तमान अध्यक्षद्वय अरुणकुमार केसी र प्रकाश पाठक रहेका छन् ।
यस्तै महाधिवेशनले प्रदेश नम्बर १ को अध्यक्षमा नहकुल राजवंशी, २ मा अनुज कुमार क्षेत्री, ३ मा जंगबहादुर तामाङ, ५ मा अम्बिका शाहलाई चयन गरेको छ ।
यस्तै महिला समिति अध्यक्षमा कबिता उरावन,युवा समिति अध्यक्षमा गणेषबहादुर बस्नेत चयन भएका छन् । केन्द्रिय सदस्यमा नथुनि शाह, हसिवु शेख,प्रकाश खनाल,प्रमिला दाहाल,लक्ष्मी वलामीलाई चयन गरेको छ ।