Logo
१० मंसिर २०८१, सोमबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणमा ढिलाइ भएको माथिल्लो थ्री ‘ए’ले १० महिनाभित्रै विद्युत् उत्पादन शुरु हुँदै

नुवाकोट : विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रो मेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिएका छन् ।

ज्याख्वाको अनुसार दुईवर्षअघि नै विद्युत् उत्पादन शुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता वृद्धिको विवाद र भूकम्पले क्षति पु¥याएपछि ढिलाइ हुँदै आएको आयोजनामा अहिले भइरहेको कार्य प्रगतिले विद्युत् उत्पादन तोकिएको समयमा पूरा गर्न सक्षम हुने निश्चित देखिएको छ ।’आयोजनाबाट अबको १० महिनाभित्र २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने गरी काम तीव्र बनाइएको छ ।’ उनले भने, ‘दुईवटा युनिटमार्फत विद्युत् उत्पादन हुने भएकाले पहिलो युनिटबाट माघ २६ मा ३० मेगावाट विद्युत् उत्पादन शुरु हुने र दोस्रो युनिट विसं २०७५ वैशाख १७ मा विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्न सक्षम हुनेछौँ ।’

यो आयोजना चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (ढसिजिजिसी) मार्फत क्यू सेभेन्टी उत्पादनको आधारमा ६० मेगावाट क्षमतामा निर्माण भइरहेको हो । त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बाँधेर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत रहेको छ । सन् २०११ को जुन १ बाट काम शुरु भएको उक्त आयोजना २०१४ मे ३१ मा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । आयोजनाको निर्माण चीन सरकारको सहुलियत ऋण सहयोगमा आठ करोड ९१ लाख अमेरिकी डलर लाग्ने सम्झौता रकम तोकिएको छ ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्