Logo
१० मंसिर २०८१, सोमबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन र अमेरीका बिच व्यापार युद्ध सुरु, अमेरीकि बस्तु र समानमा चीन द्धारा कर बृद्धि

चीन : अमेरीकि राष्ट्रपति डोनल्ड ट्रम्पले हालैमा विदेशी स्टील र एलुमिनियमा कर बढाउने निर्णय गरेपछि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाएको छ । चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयत गरिने १२८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको छ ।

चिनियाँ कदमले सोमवार आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ ।
अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न, चिनियाँ चासो र सन्तुलन बचाउनका लागि पछिल्लो कदम चालिएको बेइजिङले जनाएको छ । यसअघि चीनले आफूले व्यापार युद्ध नचाहेको तर आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने बताएको थियो ।

अमेरिकाबाट आउने सुख्खा फल, जिन्सेङ वाइन र स्टिल बारमा १५ प्रतिशतले भन्सार दर बढ्ने चीनको भनाइ छ । उस्ले थप बस्तु र सामानमा भन्सार बढ्न सक्ने संकेत गरेको छ । मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो ।अमेरिकाको भनाइमा चीनले वर्षौंदेखि गरिरहेको भनिएको प्रतिलिपि अधिकारको चोरीको बदलामा त्यस्तो कदम चालिएको हो ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्