DPL : विराटनगर ३३ रनले पराजित महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात
कैलाली : धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको छ ।प्रतियोगिताअन्र्तगत आइतबार आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको हो ।
विराटनगर किङ्सको कप्तानमा पारस खड्का र महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी हुन् । यसअघि आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको विराटगर १९ अाेभरमा १३५ रनमा समेटियो। विराटनगरका लागि बाबर हयातले विस्पोटक ब्याटिङ गरेपनि १० बलमा ३२ रन जोड्दै आउट भए । त्यस्तै पृथु बास्कोटाले नटआउट सर्वाधिक ३५ रन, अनिल कुमार शाहले २३, पारस खड्काले १६,दिलिप नाथले १० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
महेन्द्रनगरका लागि अभिनास कर्णले ३,पुनित मेहरा, रोबिन क्षेत्री र भुवन कार्कीले २–२ तथा हरिशंकर शाहले १ विकेट लिए । यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ५ विकेटको क्षतिमा १६८ रन बनाएकाे थियो ।
महेन्द्रनगरका लागि पुनित मेहराले नटआउट ३८,बिनोद भण्डारीले ३५, पुनित बिष्टले २४, आरिफ शेखले २०,हरिशंकर शाहले १९ र रोहीत कुमार पौडेलले नटआउट ९ रनको योगदन दिए । विराटनगरका लागि मंजित श्रेष्टले २ तथा शुब्हाम कामत र कप्तान पारस खडकाले एक–एक विकेट लिए । खेलको म्यान अफ द म्याच महेन्द्रनगर युनाइटेडका पुनित मेहरा भए ।