म टीका लगाएर होइन बौद्धिक परिक्षामा उतिर्ण हुने ठुलो अभिलाषा पालेको मान्छे हु
सरकार !
म सङ्खुवा सभा जिल्लामा कार्यरत एक अस्थायी महिला शिक्षक हु । मलाई जबर्जस्ति स्थायी गर भनेर कहिल्यै पनि न कुनै आन्दोलनमा ढुङ्गा हान्न गए न कुनै पार्कमा पाल टागेर अनसनको नौटङ्कीमा सहभागी भए । म आफ्नो ड्युटीमा तिमीले खटाए बमोजिम बिना आग्रह/पुर्बाग्रह लागिरहे र लागिरहेको छु । तर तिमीले म जस्ता करिब २३ हजारलाई स्थायी गराउछु भनेर दुई पटक बिज्ञापन गर्यौ र म पनि कानुन बमोजिम सहभागी भए । पक्कै केही आशा हुन्छ नै र मैले पनि त्यही आशा गरेर परीक्षाको तयारीमा भरमग्दुर जुटे । म टीका लगाएर होइन बौद्धिक परीक्षामा उतिर्ण हुने ठूलो अभिलाषा पालेको मान्छे हु । तर तिमीले पटक पटक परीक्षा स्थगित गरिरहदा –
१. हामीलाई तिम्रो दास बनाएर जोताउने उदेश्य पूरा भो?
२. कहिले सम्म अस्थायीलाई पीडा दिन्छौ ? यो पिडाले देशको सार्बजनिक शिक्षामा कति प्रगतिको आशा गरेका छौ?
३. के अस्थायी शिक्षकलाई रेडलाइट एरियाको नगर बधु सम्झेका छौ जसलाई आफ्नो इच्छा अनुसार मैथुन गर्न चाहन्छौ ?
४. म परीक्षाको तयारीको लागि भनेर ३ पटक भो बिराटनगर आएर बसेको । यसलाई तिमीले जात्रा सम्झेका छौ ?
५. बिराटनगर मेरो माइती होइन, मितको घर छैन, होटलमा नर्तकी भएर बस्न सकिन । तीन पटकको खर्च आफै हिसाब गर ।
६. परीक्षा दिनु मेरो रहर होइन, बध्यता हो । तर तिमीले परीक्षाको लागि भनेर नियमावलीमा बिदाको व्यवस्था गरेका छैन । मेरो पाकेको बिदा सबै सकियो । यसको क्षतिपूर्ति कसले दिने ?
७. म जस्तो महिला शिक्षक जो कोहि गर्भवती आमा, कोहि सुत्केरी आमा र कोहि दुधे बालकका आमाहरु दुर दराजबाट परीक्षा केन्द्र सम्म आउदै जाँदै गर्दा कति दुख भो होला, कल्पना गर्ने क्षमता छ ?
८. सबै भन्दा गहिरो चोट भनेको आत्मसम्मान मा लागेको छ, विक्षिप्त मानसिकता भएको छ । यतिबेला हामी कसरी बालबालिकालाई पढाउन सक्छौ ?
मैले यतिखेर पुर्बका नारी नक्षत्र “योगमाया” लाई सम्झन पुगेको छु जसले तिमी जस्तै जिम्मेवारबिहिन राज्यसत्ता बाट वाक्क भएर अरुन नदीमा फाल हानेर आत्मदह गरेका थिए ।
पदम लक्ष्मी राईको वालबाट