Logo
६ कार्तिक २०८१, मंगलबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य राज्यमन्त्री अर्यालले गरिन लुम्बिनी अस्पतालको निरीक्षण

रुपन्देही : स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले आज बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको निरीक्षण गरी अस्पतालको अवस्था बारे जानकारी लिनु भएको छ । अस्पतालको सघन उपचार कक्ष (आइसियु) प्रसूति र इर्मजेन्सी विभागमा मन्त्री अर्यालले निरीक्षण गर्दै अस्पतालले दिएको सेवा सुविधाका विषयमा बिरामीसँग कुरा गर्नुभएको थियो ।

सो अवसरमा उहाँले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै अस्पताल प्रशासनमा स्थायी भएपछि ठालु हुने प्रवृत्ति देखिएको बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद खनालले अस्पतालले बिरामीका लागि प्रयोग हुने अक्सिजन उत्पादनको लक्ष्य र योजना बनाएको जानकारी दिँदै अस्पतालमा ट्रमा सेन्टर बनाउने अवधारणा अघि बढेको बताउनुभयो ।

मेसु खनालले अस्पतालमा किड्नीको बिरामीका लागि डायलासिस मेसिनको अभाव भएको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकासँग साझेदारीमा काम गर्नका लागि प्रस्ताव गरिएको बताउनुभयो । (रासस)

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्