Logo
१३ मंसिर २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को सरकारले ३ महिनाका लागि ३ अर्बको बजेट ल्याउने

विराटनगर । प्रदेश १ को सरकारले यही चैतको तेस्रो साता आंशिक बजेट ल्याउने तयारी गरेको छ । १४ चैतमा प्रदेश संसदमा आर्थिक कार्यविधि ऐन पेश भएको थियो । आर्थिक कार्यविधि पास भए लगतै चालु खर्चर् बजेटका लागि नीति तथा कार्यक्रम बनाउन समिति गठन गरिने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले जानकारी दिए ।

आर्थिक विधेयक पारित भए लगैत तीन महिनाका लागि तीन अर्ब बढीको बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो । अर्थमन्त्री आङ्म्बोले बजेटका लागि छलफल र नीति तथा कार्यक्रमको तयारी समेत गरिरहेको जानकारी बताए । सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई आधार बनाएर प्रदेशको आयव्यव तथा बजेट सार्वजनिक गर्ने सरकारको तयारी रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्री आङ्म्बेले तीन महिनाको अवधि भित्रको सीमामा अधिकतम् खर्च गर्न सक्ने हैसियतलाई आधार मानेर एक अर्ब भन्दा माथिको बजेट आउने जानकारी दिए । तर, प्रदेश सरकारले १४ वटा समन्वय समितिमा २ अर्बभन्दा बढी रकम आफ्नो मातहातमा ल्याउन प्रयास समेत गरिरहेकाले बजेटको आकार भने ठूलो हुन सक्ने उनले जानकारी दिए ।

केन्द्बाट एक अर्ब २ करोड रुपैयाँ अनुदान प्रदेश सरकारलाई प्राप्त हुनेछ । त्यसबाहेक अहिले जिल्ला समन्वय समिति मोरङको सञ्चित खातामा मात्र २७ करोड १७ लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारले राजश्व संकलन नगरिसकेका कारण केन्द्रले छुट्याएको अनुदानको रकम र जिससको सञ्चित कोषको रकम मिलाएर बजेटको तर्जुमा गर्ने तर्फ भित्री रुपमा प्रदेश सरकार जुटेको बताइएको छ ।

आर्थिक विद्येयक पास नभएका कारण प्रदेश सरकारको मुख्य थैली(खाता) सञ्चालनमा भने छैन । प्रदेश सरकारको सञ्चितकोष निर्माण भएपछि जम्मा भएको सरकारी धन प्रदेश सरकारको आयका रुपमा जम्मा हुनेछ । सरकारले ल्याउने बजेटका माध्यमबाट हुने खर्च सञ्चितकोषको व्यय भएर जान्छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्