Logo
२९ कार्तिक २०८१, बिहीबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकालाई रूसको जवाफी कारबाही, ६० जना अमेरिकी कुटनीतिज्ञ निस्कासित

रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई निस्कासित गर्नुका साथै सेन्ट पीटर्सवर्गको कन्सुलेट सेवा बन्द गर्ने निर्णय पनि गरेको छ । निस्कासित गरिएका अमेरिकी कुटनीतिज्ञहरुलाई रुस छोड्नका लागि एक हप्ताको समय दिइएको बीबीसीले जनाएको छ । रुसको यो निर्णयलाई ब्रिटेनमा रुसी जासुसलाई विष दिएको मामलामा अमेरिकाको तर्फबाट गरिएको कारवाहीको जवाफमा रुसले उठाएको कदम मानिएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने अन्य देशहरुलाई पनि समान जवाफ दिइने बताएका छन् ।

रुसका पूर्व जासुस सर्गेई स्क्रिपल र उनकी छोरी यूलिया गत ४ मार्चमा ब्रिटेनको सेलिस्बरी सहरको एउटा टेबलमा बेहोस अवस्थामा भेट्टिएका थिए । व्रिटेन सरकारले यस हमलाका लागि रुसलाई जिम्मेदार मानेको थियो । व्रिटेनका साथ एकजुटता देखाउदै २० भन्दा बढी देशले रुसका कुटनीतिज्ञलाई निस्कासित गरिसकेका छन् । तीमध्येको अमेरिका पनि एउटा देश रहेको छ ।

अमेरिकाले यसै हप्ता ६० जना रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो र सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गराउने निर्णय गरेको थियो । अमेरिकाको उक्त कारबाहीको जवाफमा रुसले मस्कोमा रहेको अमेरिकाका ५८ र येकेटरीनबर्गमा दुईजना कुटनीतिज्ञलाई निस्कासित गरिदिएको बीबीसीले जनाएको छ ।

रुसका विदेशमन्त्री सर्गेईले जवाफी कारबाहीबारे अमेरिकालाई जानकारी गराइसकेको पनि बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘रुसको यो कदमले अरु देशहरुसँग असल सम्बन्ध राख्न रुस इच्छुक नभएको भन्ने प्रष्ट हुन्छ । अब अमेरिकासँग अर्काे दोस्रो कदम उठाउने अधिकार रहेको छ ।’ एजेन्सी

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्