Logo
६ कार्तिक २०८१, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत

काठमाडौँ : गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् ।

ती युवतीलाई कोइरालाले आफ्नो नाम सन्तोष घले बताएर आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर नयाँ बसपार्कस्थित गोरखा फूलबारी गेष्ट हाउसको दोस्रो तलामा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । कोइरालाले महिलालाई सामाखुशीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्ने भनेर गेष्ट हाउस पु¥याएर बलात्कार गरेका थिए ।

सेनामा जागिर खाएका र त्यहाँ पनि जबर्जस्ती करणी मुद्दामा बर्खास्तमा परेको अनुसन्धानमा खुल्न आएको छ ।कोइरालालाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्