Logo
६ कार्तिक २०८१, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्थायी शिक्षक परीक्षामा मागभन्दा कम आवेदन

काठमाडौं : सामुदायिक विद्यालयका अस्थायी शिक्षकलाई स्थायी गराउन आह्वान गरिएको विज्ञापनमा मागभन्दा कम आवेदन परेको छ ।

शिक्षक सेवा आयोगले दुई पटकसम्म विज्ञापन गरे पनि आवश्यक संख्यामा आवेदन नपरेपछि प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा स्थायी प्रतिस्पर्धाका लागि फाराम भरेका शिक्षकले स्थायी हुन न्युनतम अंक मात्रै ल्याए पुग्ने भएको छ । आयोगका अनुसार कुल १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन ४० नम्बर ल्याउनुपर्छ ।

४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने आयोगले बताएको छ । अन्नपूर्णका अनुशार, कुल अस्थायी शिक्षकमध्ये ७५ प्रतिशत कोटामा आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नका लागि आयोगले तीनै तहमा तीन प्रकारको विज्ञावन आह्वान गरेको छ ।

२०४९ साल पुस २० गतेभन्दा अघि सेवा प्रवेश गरेकालाई पहिलो समूह, २०४९ देखि २०६१ सम्म प्रवेश गरेकालाई दास्रो र २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्म प्रवेश गरेकालाई तेस्रो समूह मानेर आवेदन आह्वान गरेको थियो। पहिलो समूहअन्तर्गत प्राथमिक तहमा एकहजार १५४ कोटामा विज्ञापन आह्वान गरिएकोमा ६२७ जनाले मात्र फाराम भरेका छन् ।

यो तहमा आवश्यकभन्दा ५२७ दरबन्दी रिक्त रहेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । आयोगले चैत २३ गतेलाई तय गरेको शिक्षकको परीक्षास्थगन नहुने जनाएको छ ।

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्