३० जना न्यायाधीश पदका लागि ४ सय २४ को आवेदन, १६ मात्र उत्तीर्ण (नामसहित)
काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले जिल्ला न्यायाधीशका लागि ३० जनाको विज्ञापन गरेर परीक्षा लिए पनि उक्त परीक्षाबाट १६ जना मात्र उत्तीर्ण हुन सफल भएका छन् ।
३० पदका लागि ४ सय २४ जनाले आवेदन दिएका थिए। परीक्षामा ३ सय ७३ जना सहभागी थिए। समावेशी अन्तर्गत रहेको मधेसी र दलित कोटामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् । उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन्। १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन् ।
यसअघि जिल्ला न्यायाधीश प्रतिस्पर्धाबिना नै परिषद् नै सोधै न्याय, कानुन र सरकारी वकिल समूहबाट गर्ने गरेको थियो । तर कानुन व्यवसायीहरुले जिल्ला न्यायाधीश बनाउँदा बारको प्रतिनिधित्व नभएको भन्दै ५० प्रतिशत कोटा माग गरेको थियो । उनीहरुको माग बमोजिम नयाँ संविधानमा केही प्रतिशत लिखित जवाफवाट जिल्ला न्यायाधीश पूर्ति गरिने व्यवस्था गरिएको थियो । संविधानको सोही व्यवस्था कार्यान्वयन गर्दै न्याय सेवा आयोगले विज्ञापन गर्दै परिक्षा सञ्चालन गरेको थियो ।
पहिलो पटक जिल्ला न्यायाधीश खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा करिब दुई सय कानुन व्यवसायीले सहभागिता जनाएका थिए। तर उनीहरु लिखित रुपमा पास हुन सकेनन् । आयोगले उक्त परीक्षामा पास हुनेहरुको अन्तिम सूची सार्वजनिक गरेको हो। अब केही दिनमा न्याय परिषदले उनीहरुलाई विभिन्न जिल्लामा न्यायाधीशको रुपमा पठाउनेछ ।