Logo
३० कार्तिक २०८१, शुक्रबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारलाई बजेट ल्याउन बाटो खुल्यो : प्रदेशसभाबाट आर्थिक विधेक पारित

जनकपुरधाम : प्रदेशसभाबाट प्रदेश २ मा आर्थिक कार्यविधि विधेक पारित भएको छ । गत सोमबार प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री विजय यादवले आर्थिक कार्यविधि विधेक पेश गर्नुभएको थियो । प्रदेशसभामा विधेक उपर मंगलबारदेखि चलेको छलफलबाट बुधबार प्रदेशसभा बैठकले पारित गरेको संघीय समाजवादी फोरमका प्रदेश सांसद कौशल यादवले जानकारी दिनुभयो ।

यससंगै अव दुई नम्बर प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । यसअघि प्रदेश नम्बर दुई सरकारले प्रदेशसभा बैठकमा आर्थिक आर्थिक कार्यविधि विधेक प्रस्ताव गरेको छ ।

सोमबार पौने २ बजे बसेको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री बिजयकुमार यादबले आर्थिक विधेक प्रस्ताव गर्नुभएको हो । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक पौने २ बजेबाट सुरु भएको थियो । १५ मिनेट जति मात्रै चलेको बैठकमा सबैको अनुमति पश्चात अर्थमन्त्री यादवले विधेक प्रस्ताव गर्नुभएको थियो ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्