प्रधानमन्त्री ओली र ‘प्रचण्ड’ विरुद्ध विप्लव समूहद्वारा पक्राउ पुर्जी जारी (पत्रसहित)
काठमाडौं : प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डविरुद्ध विप्लव समूहले पक्राउ पुर्जी जारी गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन भनिएको छ ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध जारी गरिएको वारेन्ट पत्र मंगलबारै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको नेकपाले जनाएको छ ।
पार्टीको रोल्पामा रहेको ‘जनअदालत’ का प्रकाशको नामबाट जारी गरि पूर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी दिइएको छ । वारेन्टमा सो अवधी भित्र हाजिर नभएमा जनपरिषद नेपालको नीति नियम अनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ ।
दुबै नेताका विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ ।