Logo
१५ मंसिर २०८१, शनिबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्यनिरुपणको संशोधन सहित राष्ट्रियसभामा तीन अध्यादेश पेश

काठमाडौँ : राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गरे । सो अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेका थिए ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ पेश गरे ।

यस्तै ती अध्यादेश गत माघ ५ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेका थिए । त्यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते शुक्रवार बस्नेछ ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्