Logo
११ मंसिर २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असारबाट ‘नेपाल आइडल सिजन–२’ सुरु हुने

काठमाडौं  : असारको अन्तिम साताबाट ‘नेपाल आइडल सिजन–२’ टेलिभिजन तथा युट्युब च्यामनलमा हेर्न पाइने भएको छ ।

‘नेपाल आइडल सिजन–२’ भन्दै केही भिडियो युट्युब च्यानलमा अपलोड भए पनि त्यो आधिकारिक नभएको आयोजकले जनाएको छ । ‘बुगी बुगी सकिएपछि मात्रै ‘नेपाल आइडल सिजन–२’ टेलिभिजनमा आउने छ,’ नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले भने,‘असारको अन्तिम साताबाट एपीवन टेलिभिजन र नेपाल आइडलको युट्युब च्यानलमा नेपाल आइडल हेर्न सकिने छ ।’

अहिले नेपाल आइडलका निर्णायकहरु देशका मुख्य शहरमा पुगेर अडिसन लिइरहेका छन् । पौडेलका अनुसार अडिसन सक्न वैशाखको अन्तिम सातासम्म लाग्ने छ । भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु भएको हो । भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा अडिसन लिएको नेपाल आइड युनिटले चैत ११ गते धनगढीमा अडिसन लियो । धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमिमा अडिसन लिएको छ ।

वैशाख ३ गते हेटौंडाको सिदार्थ सेकेन्डरी स्कुलमा अडिसिन लिने नेपाल आइडल युनिट वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल पुगेर सहभागी प्रस्तिस्पर्धीको आवाज सुन्नेछ । वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुल पुगेर अडिसन दिन सक्नेछन् । काठमाडौं अडिसनको मिति भने तोकिएको छैन ।

अडिसन राउन्डमा चित्त बुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाडौं बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्ने छ ।  सिजन–२ मा पनि सिजन–१ कै निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी दोहोरिएका छन् ।

कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपाल मध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत रहेपनि सुशील नेपालका ठाउँमा आसिफ शाहलाई ल्याइएको छ । यो पटकका नेपाल आइडलले भने गाडी पाउने छैनन् । ५० लाख रुपैयाँ नगद हात पार्ने छन् ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्