Logo
२९ कार्तिक २०८१, बिहीबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक समृद्धिको मार्गचित्र ग्रहण : प्रधानमन्त्री ओली भन्छन्-‘यस बर्षदेखि व्यापार घाटा घट्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा ग्रहण गर्दै प्रधानमन्त्रीओलीले उक्त कुरा बताउनुभएको हो ।

व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसकालागिउपभोग्यवश्तुको उत्पादन,उपभोग आदतमा परिवर्तन र निर्यात जन्य वश्तुको उत्पादनमा जोड दिने नीति कार्यन्वयन गर्नुपर्छ ।’ नेपाली उपभोग्य सामानकालागि छिमेकमा ठुलाठुला बजार रहेकोले निर्यातमा समस्यानहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

हामीले उत्पादन गरेका सामग्रीकालागि बजारको अभाव छैन’प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।’ देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अब बन्द र हड्तालको समय सकिएकोले व्यासायीहरुलाई निर्वाध ढंगले उद्योग व्यावसायमा लगानीगर्न आग्रहग र्नुभएको छ । सरकारले उद्योग व्यावशाय क्षेत्रमा भएका कानुनी अड्चन हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादब, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्