Logo
१० मंसिर २०८१, सोमबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंबासी आशैआशमा : मेलम्चीको सुरुङ खन्ने म्याद फेरि बढ्यो

काठमाडौं : मेलम्चीको सुरुङ खन्ने म्याद फेरि बढेको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो ।

समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्याएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले यसरी पटकपटक म्याद थपिदिने गरेको छ । निर्माण कम्पनी सीएमसी डी–रेभेना इटलीको लापरबाहीका कारण फेब्रुअरी र मार्चमा मात्रै दुई हप्ता काम ठप्प भएको थियो ।

निर्माण कम्पनीले मजदुरहरूलाई ज्याला नदिएका कारण गत फागुन १६ देखि पाँच दिन काम ठम्म भइको थियो । फागुन ३० देखि चैत ४ सम्म कम्पनीले डिजेल नकिनेका कारण काम रोकिएको थियो । निर्माण कम्पनीको लापरशाहीका बारे मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूबोल्न चाहँदैनन् । पटकपटक समय थप गर्नुका कारण पनि उनीहरूले सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्