Logo
६ कार्तिक २०८१, मंगलबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इण्डियन प्रिमियर लिगबाट सिकेर नेपाली क्रिकेटमा लागु गर्नेछु : सन्दीप लामिछाने

काठमाडौँ :  विश्व क्रिकेटको सबैभन्दा ठूलो एव व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो ।

भारत जानुअघि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरका रुपमा लिएको बताउनुभयो ।

क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागु गरिने जानकारी दिनुभयो । आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्