Logo
२७ पुस २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले सधैँ मित्रतामा र मैत्रिपूर्ण व्यवहारमा ध्यान दिने छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परराष्ट्र नीतिमा स्पष्ट रहेको बताउँदै नेपालले सधैँ मित्रतामा र मैत्रिपूर्ण व्यवहारमा ध्यान दिने बताए । साथै नेपालले अपनाएको परराष्ट्र नीति मित्रतापूर्ण भएको र असमान नभएको पनि उनले स्पष्ट पारेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल–चीन सम्बन्धबारे डा अन्जान शाक्य र पूर्वराजदूत माधवजी श्रेष्ठले सम्पादन गरेको पुस्तक सार्वजनिक गर्दै उनले यस्तो बताएको हुन । प्रधानमन्त्रीले भने, ‘नेपालको परराष्ट्र नीति भनेको राष्ट्र हित हो ।’

नेपालका लागि चिनियाँ राजदूत यु होङको समेत उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘नेपालको विदेश नीति ‘दुई ढुंगा’ (दुई ठूला देश चीन र भारत) बाट शुरु हुनछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुटारमा सोमबार आयोजित ‘नेपाल–चीन सम्बन्ध’ नामक पुस्तक लोकार्पण कार्यक्रमको उदघाटन गर्नुहुँदै ।
प्रधानमन्त्री निवास बालुटारमा सोमबार आयोजित पुस्तकको लोकार्पण कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत । तस्बिर : रोशन सापकोटा, रासस

 

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्