Logo
४ आश्विन २०८१, शुक्रबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खैलौना बिगारेको भन्दै १४ वर्षीय बालकले गरे ५ वर्षीया बालिकाको हत्या

पोखरा : कास्कीको पोखरामा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्या १४ एक बालकले गरेको खुलेको छ । प्रहरीका अनुसार पोखरा–लेखनाथ महानगरपालिका– ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले हत्या गरेका हुन् ।

उनले पाल्पा घर भई पोखरा–लेखनाथ महानगरपालिका–९, निवासी बिना थापाकी ५ वर्षीया छोरी बिहानी थापाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । आफ्नो खेलौना बिगारेको भन्दै बालकले बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती बालक प्रहरी नियन्त्रणमा छन् ।

यस घटनाबारे थप अनुसन्धान भइृरहेको कास्की प्रहरीले जनाएको छ । आइतबार साँझ हराएकी बालिका खोज्ने क्रममा राति १० बजे सिमेन्टको बोरा, ढुंगा र बालुवाले छोपेको अवस्थामा शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताउनुभयो ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्